Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कतारमा कोरोनाले हजाराैँ नेपाली संक्रमित

    कतारमा कोरोनाले हजाराैँ नेपाली संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । कतारमा कोरोना भाइरसबाट हजाराैँकाे संख्यामा नेपाली कामदार संक्रमित भएका छन्। कतारको जनस्वास्थ्य मन्त्रालयबाट १९ सम्मको सार्वजनिक गरिएकाे रिपोर्टअनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली समुदाय दोश्रो नम्बरमा छ ।

    कुल संक्रमितमा पुरुष ३१ हजार ९ सय ७७ जना र महिला तीन हजार ६ सय ५४ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी १९ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये ४३ प्रतिशत न्यून तलबमा काम गर्ने कामदार छन् । जहाँ नेपालीको बाहुल्यता बढी छ । १३ प्रतिशत गैरकामदार, १२ प्रतिशत प्रशासनिक कर्मचारी, १२ प्रतिशत विद्यार्थी, ६/६ प्रतिशत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, उच्च तहको कर्मचारी र ३ प्रतिशत विमानस्थलका कर्मचारी रहेका छन् ।



    कतारमा अहिले ६ हजार ९ सय ११ जना नेपाली कामदारमा संक्रमण पुष्टि भएकाे हाे। एक जना नेपालीको मृत्यु समेत भएकाे छ। यो मे १९ सम्मको विवरण हो । सबैभन्दा बढी भारतीय कामदार ११ हजार १८ जना रहेका छन् । तेश्रोमा बंगलादेशी ५ हजार ५ सय ८९, चौथोमा पाकिस्तानी २ हजार ३ सय १०, पाँचौंमा फिलिपिनो एक हजार ५ सय ३६ र छैँटौं कतारी १५ सय ३६ जना रहेका छन् ।



    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले उपचारमा कुनै विभेद नरहेको बताए । कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहानसम्म ४० हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म कतारमा संक्रमण पुष्टि भएकाहरुमध्ये ७ हजार ८ सय ९३ जना निको भएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार