Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै पालिका अध्यक्षविरुद्ध स्थानीयबासी आन्दोलित

काठमाडौं। क्वारेन्टाइनमा लापरवाही भएको भन्दै मर्चवारका स्थानीयबासीले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षविरुद्ध नै नाराबाजी गरेका छन् ।

रूपन्देहीको मर्चवारमा कोटहीमाई गाउँपालिकाले वडा नंं. ६ हर्दीस्थित बोगडी माविमा बनाएको क्वारेन्टाइनमा बसेकाहरुले मापदण्ड पालना नगरिएको भन्दै आज स्थानीयबासिले आन्दोलन गरेका हुन् ।

आन्दोलनका क्रममा उनीहरुले अध्यक्ष तथा उपाध्यक्षविरुद्ध नाराबाजी गरेका थिए ।

स्थानीयबासीले क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने १० जना कर्मचारी क्वारेन्टाइनमै नबसी दिनहुँ घरबाट आउ–जाउ गरेका, क्वारेन्टाइनमा पकाएको खाना लिएर गाउँ जाने गरेकाो, क्वारेन्टाइनमा बसेकाहरु समेत साँझमा बाहिर निस्केर डुल्ने गरेको, क्वारेन्टाइनबाट बाहिर फोहोर फालिएको भन्दै आन्दोलन गरेका हुन् ।

७२ जना बसेको क्वारेन्टाइन व्यवस्थित नहुँदा समुदायमा कोरोना संक्रमण फैलिनसक्ने भन्दै हर्दी गाउँका सात वटा टोलका अधिकांशले विरोध जनाएका हुन् ।

यद्यपी गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले भने औपचारिक रुपमा कुनै माग नराखी आफूविरुद्ध नाराबाजी गरेका बताए ।

विपक्षीहरुले सहन नसकेर सानो कुरालाई निहुँ बनाएर विरोधको नाटक गरेको पनि उनले आरोप लगाए ।

अध्यक्ष यादवले क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी र पीसीआर परीक्षण गर्न ढिलासुस्ती हुँदा असन्तुष्टी बढ्दै जाने र क्वारेन्टाइनबाट भाग्ने समस्या निम्तिन सक्ने भएकाले समयमै परीक्षणका सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077