Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कतारमा आप्रबासी श्रमिकद्वारा बिरोध प्रदर्शन

    कतारमा आप्रबासी श्रमिकद्वारा बिरोध प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    कतार- कतारको राजधानी दोहास्थित आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

    सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा मुख्य सडक अवरुद्ध गर्दै ताली बजाउँदै ज्याला पाउनुपर्ने मागसहित शुक्रबार विरोधमा सडकमा उत्रिएको देखाइएको छ भने प्रहरीहरूले उनीहरूलाई हेरिरहेको देखिएको छ ।



    आफूहरूले पकाएको तलब दिन ढिलो र आनाकानी गरेको भन्दै केही प्रवासी कामदारले मे २२ मा मशिरेब क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका श्रम मन्त्रालयले शनिबार जारी एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।



    विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले समस्याबारे तत्काल समस्याबारे छलफल गरेको र आउँदो दिनमा सबै तलब तुरुन्त भुक्तान हुने सुनिश्चित गर्न कदम चालेको छ ।”

    कोरोनाभाइरसको महामारीका कारण कतिपय उद्योग तथा कलकारखाना तथा व्यवसायिक काम रोकिएको र कामदारलाई तलब दिनमा कठिनाई परेको भन्दै श्रमिकको पाउनुपर्ने ज्याला दिन ढिलाई गरेको हुनसक्ने मन्त्रालयले बताएको छ ।

    तलब भुक्तान नगरेका कम्पनीहरूबिरूद्ध कानुनी कारबाही गर्न निर्देशन जारी गरिसकिएको मन्त्रालयले जानकारी गराएको छ । विरलै विरोधका आन्दोलनहरू कतारमा हुन्छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार