Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ‘संविधान संशोधन प्रस्ताव द्रुतगतिमा पारित गरौँ’

    ‘संविधान संशोधन प्रस्ताव द्रुतगतिमा पारित गरौँ’

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव द्रुतगतिमा पारित गर्न माग गरेका छन्। शुक्रबारको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गर्ने निर्णय गरेलगत्तै संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्न नेता थापाले माग गरेका हुन्।

    ‘नेपालको संविधानको धारा ९ को उपधारा (२) संग सम्बन्धित अनुसूची ३ मा नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा संसोधन प्रस्ताव दर्ता गरेको छ’, थापाले भनेका छन्, ‘राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा सर्वसम्मत रुपमा यस प्रस्तावलाई पारित गरौं।’



    नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसंगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात हुने उनको भनाइ छ।



    उनले यसपछिका काम कूटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्ने बताएका छन्। ‘यतिखेर भारतले नेपाली भू–भागमा उपस्थितिसंगै नियन्त्रण राखेको अवस्था छ। अबको बाटो भनेको हामीले हाम्रो भू–भागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो’, थापाले लेखेका छन्, ‘नेपालको आन्तरिक विषय तथा मामिलामा हाम्रा बीचमा विभिन्न मतभेद थिए, छन र भोलि पनि हुनेछन्।’

    उनले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, र स्वनिर्णयको विषयमा हामीबीच मतभेद हुनुहुँदैन भनेर चर्चा भएको संम्झदै संघीय गणतान्त्रिक नेपालको राजनीतिक इतिहासमा पहिलो पटक, हामी सबै सशक्त रुपमा, आपसी मतभेदलाई पाखा लगाएर, राष्ट्रिय स्वाभिमानको खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा, एक ढिक्का भएर उभिएको उनको भनाइ छ। अन्नपुर्ण पाेष्ट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार