Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री

    एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    अमेरिका/कतार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका / आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री रु सात लाख ३३ हजारबराबरका छन् ।

    सहकोषाध्यक्ष दाहालका अनुसार १०० थान पिपिइ , एन ९५ मास्क ५०० र लेजर गन २५ थानलगायत सामग्री उपलब्ध गराइएको जानकारी दिए । विश्वव्यापी विपद्का रुपमा देखिएको कोरोना भाइरससँग जुुध्नका लागि नेपाली हुनुको हैसियतले सङ्कटको समयमा सहयोग उपलब्ध गराइएको उनको भनाइ छ ।



    विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । बेल्जियमबाट रासससँग टेलिफोनमा कुरा गर्दै दाहालले युरोपमा कोरोनाको सङ्क्रमणको दर क्रमशः कम हुँदै गएका कारण जनजीवन सामान्य हुनेतर्फ केन्द्रित रहेको जानकारी दिए । उनले क्रमशः पसल तथा रेष्टुराँ खुल्ने क्रम शुरु भएको छ । होटलमा भने पाहुना नभएका कारण उस्तै समस्या रहेको छ ।



    क्रमशः जनजीवन सामान्य अवस्थामा फर्काउने तयारीका साथ काम भइरहेको र नेपालीको अवस्थाबारेमा एनआरएनएले क्रमशः तथ्याङ्क सङ्कलन गरी राहत तथा अन्य सहयोग उपलब्ध गराइरहेको छ । बेल्जियम सरकारले एनआरएनएलाई १० हजार युरोबराबरको राहत उपलब्ध गराएका कारण समस्यामा परेका नेपालीलाई सहज भएको छ । यस्तै स्पेन र इटालीले पनि क्रमशः पाँचरपाँच हजार युरोबराबरको राहत उपलब्ध गराएको छ ।

    उनका अनुसार युरोपका विभिन्न देशले सामाजिक दूरी कायम राख्न, मास्क, पञ्जालगायतका व्यक्तिगत सुरक्षा सामग्री लगाएरमात्रै बाहिर निस्कन कडा निर्देशन दिएको छ । मास्क र पञ्जा नलगाई हिँड्नेलाई पक्राउ गरी कारवाही गर्ने र जेलसमेत हाल्ने चेतावनी दिएको छ । विशेषगरी साइप्रस, माल्टालगायत देशमा भने सबैभन्दा बढी मारमा विद्यार्थी र कामदार परेको जानकारी आएको उनले बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार