Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालसँगको सीमा विवादमा मोदीको कार्यशैलीप्रति गान्धीको असन्तुष्टि

    नेपालसँगको सीमा विवादमा मोदीको कार्यशैलीप्रति गान्धीको असन्तुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले नेपाल र चीनसँग किन भारतको सीमा विवाद भइरहेको छ भन्ने प्रस्ट जानकारी आफूहरुलाई नभएको वताएका छन्।

    नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै नेता  गान्धीले असन्तुष्टि समेत व्यक्त गरे ।



    कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा गान्धीले जबसम्म आफुहरुलाई जानकारी गराइँदैन तबसम्म विवादबारे प्रस्ट बोल्न नसकिने वताएका थिए । गान्धी भन्छन्- ‘नेपालसँग के भएको हो ?  लद्दाख क्षेत्रमा के भइरहेको छ ? सरकारले प्रष्ट जानकारी दिनुपर्छ । सरकार पारदर्शी बन्नुपर्छ ।’



    गान्धी दुई वर्षअघि नेपालको बाटो हुँदै मानसरोवरको यात्रामा गएका थिए । नेपाली भूमि अतिक्रमण गर्दै भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएपछि अहिले दुई देशबीच तनाब बढिरहेको छ।

    नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरिसकेको छ ।

    भारतको नेपालसँगको सम्बन्धमा चिसोपन कायम रहेका बेला चीनसँगको सम्बन्धमा पनि तनावपूर्ण बनेको छ । लद्दाख र सिक्किमको सीमावर्ती क्षेत्रमा सीमामा दुई देशबीच  तनाव बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार