Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय सेना प्रमुख नरवणेले किन गाए नेपालकाे गुणगान ?

    भारतीय सेना प्रमुख नरवणेले किन गाए नेपालकाे गुणगान ?

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    दिल्ली । भारतीय सेनाका सेना प्रमुख एमएम नरवणेले एक औपचारिक कार्यक्रममा नेपालकाे गुणगान गाएका छन्।

    उनले नेपालसँगको सम्बन्ध धेरै मजबूत भएको दावी गरे। नेपाल भारतबीच सीमा विवाद बढिरहेका बेला सेनाप्रमुख नरवणेले शनिवार देहरादुनमा बोल्दै दुवै देशवीच सांस्कृतिक संम्बन्ध सधै मजबूत रहेको दाेहर्याए।



    उनले भने ‘हामी भौगोलिक,सांस्कृतिक,ऐतिहासिक एवंम् धार्मिक कडीबाट बाँधिएका छौँ । हामी दुवै देशका जनतासमेत मजबूत सम्बन्धद्धारा जोडिएका छौं । हाम्रो नेपालसँगको सम्बन्ध सधै मजबूत रहँदै आएको छ । आगामी दिनमा समेत सम्बन्ध मजबूत रहन्छ ।’



    नेपालले लिपुलेख, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेको छ । आजै संसदले संविधान संशोधनको विद्येयक समेत प्रतिनिधिसभाबाट पारित गर्दैछ । यसअघि उनले सीमा मिचिएको भन्दै नेपालमा सुरु भएको आन्दोलनमा उत्तरी छिमेकी मुलुकको उक्साहट भएको अभिव्यक्ति दिएपछि विवादमा आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार