Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीकाे आरोप : भारतले सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो

    प्रधानमन्त्री ओलीकाे आरोप : भारतले सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका छन् ।

    भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरिरहेको बताए ।



    नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई थियो । उनले भने– ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ ।



    प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे । त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।

    उनले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन् । नजिकै पर्थो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमला माथि अर्को…’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार