Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कोरोना संक्रमित बढ्न थालेपछि बाँकेमा अनिश्चितकालीन कर्फ्यु आदेश

बाँके।  कोरोना संक्रमितको संख्या बढदै गएपछि बाँकेलाई पुन: पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ  ।

बाँकेमा नयाँ सरुवा भएर आएका सिडिओ रामबहादुर कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको पहिलो बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो ।

बुधबार राति १२ बजे देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय लागू गरिएको हो ।

बाँकेमा वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो । जिल्लामा अहिलेसम्म १७० जनाका कोरोना संक्रमण देखिएको वताइएको छ । बुधबारमात्र बाँकेमा १६ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077