Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कोरोनाका कारण पूर्व गोर्खा सैनिकको मृत्यु

    कोरोनाका कारण पूर्व गोर्खा सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको छ ।

    बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको हो ।



    हाल बेलायतको ग्रेजमा बस्दै आएका जितेन्द्र राईको मंगलबार निधन भएको हो ।



    मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा–३ भएपनि पछिल्लो समय उनी उदयपुरमा बस्दै आएको बताइएको छ ।

    बिगतमा यूके बसेर नेपाल फर्किएका राई गत डिसेम्बरमा मात्र बेलायत गएका थिए । उनका तीन छोरा बेलायतमा छन् भने श्रीमती नेपालमै छिन् ।

    तीन हप्ता घरमै आइसोलेसनमा बसेका राईलाई ठिक नभएपछि एसेक्सको बासिल्डन अस्पतालमा भर्ना गरिएको थियो । करिब एक महिना लामो समयसम्म अस्पतालमा उपचारका गर्दागर्दै उनको कोरोनाका कारण मृत्यु भएको हो ।

    हालसम्म बेलायतमामात्र साँढे पाँच दर्जन नेपालीहरुको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ । जसमध्य साँढे चार दर्जन पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले गत शनिबार साँझसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या १ सय १७ पुगेको तथ्यांक सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार