Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • समाजसेवी विष्णुले गरे सात महिनामा करिब ९ लाख सहयोग

    समाजसेवी विष्णुले गरे सात महिनामा करिब ९ लाख सहयोग

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । सामाजिक क्षेत्रमा क्रियाशिल बेलायतस्थित युवा व्यवसायी विष्णु खरेलले आफ्नो जन्मदिनको अवसरमा गृहजिल्ला चितवनको चेपाङ समुदायका लागि सहयोग गर्ने भएका छन् ।

    कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला थप संकटमा परेका विपन्न चेपाङहरुको लागि खरेलले २४ सय २४ पाउण्ड संकलन गरेका छन् ।



    खरेलले बेलायतको ग्रेसटस्थित आफ्नो ‘बेलिफ रेष्टुरेन्ट’ मा गत सोमबार ‘टेक अवे च्यारिटी’ आयोजना गरेका थिए ।



    खरेलले उक्त च्यारिटी र दिनभरको व्यवसायबाट जम्मा भएको सबै १८ सय १ पाउण्ड सहयोग प्रदान गर्न लागेका छन् ।

    यसअघि फेसबुकमा ‘जस्ट गिभिङ’ मार्फत पनि उनले ६ सय २३ पाउण्ड जुटाएका छन् ।

    दुवै माध्यमबाट संकलित कुल २४ सय २४ पाउण्डको कोषबाट चितवनको चेपाङ समुदायका साथै धादिङका केहि विपन्न परिवार समेत गरी कुल ५० परिवारलाई सहयोग गर्ने खरेलको योजना छ ।

    उनले शुरुमा २५ परिवारलाई सहयोग गर्ने सोच भएपनि अपेक्षाभन्दा बढी रकम जुटेकाले ५० परिवारलाई सहयोग गर्न लागेको बताएका छन् ।

    आफ्नो जन्मदिनभन्दा एक दिनअघि जुन १ तारिखका दिन नेपालमा सहयोग वितरण गरिने उनले बताएका छन् ।
    बेलायतमा रेष्टुरेन्ट व्यवसायका साथै इमिग्रेसन एड्भाइजरका रुपमा समेत काम गर्दै आएका खरेल पछिल्लो समय सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन् ।

    केहि महिनाअघि मात्रै छोरीको जन्मदिनमा विपन्न परिवारका तीन विद्यार्थीलाई वर्षभरको अध्ययनका लागि ५० हजार रुपैयाँ सहयोग गरेका उनले छोराको जन्मदिनमा क्याट यूकेको लागि १६ सय ९० पाउण्डको कोष जुटाइदिएका थिए ।

    बुद्ध फाउण्डेसन यूकेका लागि समेत खरेलले दुईपटक गरी कुल साढे १३ सय पाउण्ड सहयोग गरेका थिए ।

    गत अप्रिल १३ मा उनले कोभिड १९ विरुद्ध अग्रमोर्चामा खटिएका ८० एनएचएस स्टाफलाई हौसलास्वरुप निशुल्क खाना प्रदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार