Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काेराेनाले कति भूपु गोरखा सैनिकले गुमाए ज्यान?

    काेराेनाले कति भूपु गोरखा सैनिकले गुमाए ज्यान?

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । करिब ५ महिनाअघि देखि सुरू भएकाे कोरोना भाइरसबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए।

    राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने गैरआवशिय नेपालीको सङ्ख्या ६५ पुगेको छ। पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गर्नुभएका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए।



    शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उहाँलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार