Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डाक्टरलाई लात्ती र मुक्का हान्नेलाई पक्राउ नगरिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । बिरामीको मृत्‍युको बिषयलाई लिएर नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गरिएको विरोधमा त्यँहाका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई कारबाही नगरिए देशभर आन्दोलन थाल्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

जेठ १४ गते  ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि हातपात भएको थियो ।

मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउदै उपचारमा संलग्न डाक्टरलाई गालीगलौज गर्दै लात्ती र मुक्का प्रहार गरेका थिए ।

घटनामा संलग्न दोषीलाई पक्राउ गरी छानविन गर्न  नेपाल चिकित्सक संघले  सरकारसँग माग गरेको छ ।

संघका पदाधिकारीहरुले बिहीबार मन्त्री ढकाललाई भेटेर स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गर्दै उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीको अहिले उपचारमा खटिने सबै चिकित्सकको अनिवार्य स्वास्थ्य बीमा र निशुल्क स्वास्थ्य जाँचको प्रवन्ध मिलाउन माग गरेका छन् ।

कोरोना महामारीका बेला ज्यानको बाजी लगाएर खटिरहेका चिकित्सकमाथि बिरामी बचाउन सकिनस् भन्ने आरोप लगाउँदै हातपात गर्नु अत्यन्तै अमानवीय कार्य भएको भन्दै संघले आपत्ति जनाएको छ। । संघले यस्तो संवेदनशिल र विषम परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन समेत सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

संघले  २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको भावना र मर्म विपरित चिकित्सकहरुमाथी सांघातिक आक्रमण भईरहनु र सुरक्षाकर्मी मुकदर्शक भईरहने घटनाले कानूनी राज्यको उपहास गरेको जनाएको छ।

हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन नेपाल चिकित्सक संघले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077