Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली युवतीलाई दुर्व्यवहार गर्ने दुई चिनियाँ नागरिक प्रहरी फन्दामा

काठमाडौं । महानगरीय प्रहरी वृत सोह्रखुट्टेले ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

शनिवार दिउँसो क्षेत्रपाटीस्थित ढल्कुमा नेपाली युवतीलाई  दुर्व्यवहार गरेको आरोपमा दुई जना चिनियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ।

पीडित क्षेत्रपाटीकै १९ वर्षीय युवती रहेको खुलेको छ । चिनियाँ नागरिकलाई मेडिकल गरेर हिरासतमा राखिएको छ।

ठमेलमा बस्दै आएका उनीहरुले पासपोर्ट नबोकेकाले परिचय खुल्न नसकेको प्रहरी स्रोतको भनाइ छ।  नेपाली युवतीलाई तस्बिर खिचिदिने बहानामा उनीहरुले जिस्काएर दुर्व्यवहार गरेको पीडितले प्रहरी समक्ष वताएकी छन् । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077