Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कानुनमन्त्रीद्वारा संविधान संशोधन विधेयक संसदमा पेश

काठमाडौं।  कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले संसदमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरेकी छन् ।

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि संविधान संशोधन विध्ययेक ल्याइएको हो।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते उक्त विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन्।

गत जेठ १४ गते नै संसदमा पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार गरे पनि  संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखसँगको सर्वदलीय बैठकपछि कार्यसूचीबाट हटाउन सभामुखलाई आग्रह गरेपछि सरकारले १४ गते कार्यसूचीबाट  विधेयक हटाएको थियो। प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिबाट विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077