Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लकडाउनमा लागुऔषधसहित १ सय ४१ जना पक्राउ

    लकडाउनमा लागुऔषधसहित १ सय ४१ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । लकडाउनमा पनि लागुऔषधको ओसारपसारमा कमी आएको छैन। दुई महिना भन्दा लामो समयदेखि देश लकडाउनमा रहे पनि प्रदेश २ मा १४१ जना लागुऔषधसहित पक्राउ परेका छन्।

    उक्त अवधिमा १२३ किलो ५ सय ग्राम गाँजा, एक किलो ६५० ग्राम चरेस र ९ हजार ६१५ पिस ट्याब्लेट प्रहरीले बरामद गरेकाे हाे। भारतसँगको खुला सीमाका कारण दिनहुँ लागुऔषध ओसारपसार हुने गर्छ तर अहिले कोरोना भाइरसको कारण देश लकडाउन रहेको समयमा समेत यसमा कमि आएको छैन ।



    प्रदेश २ का आठ जिल्लाबाट १४१ जना लकडाउन अवधिमा पक्राउ परेको २ नम्बर प्रदेश प्रहरी जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।



    पक्राउ पर्नेमा सबै भन्दा बढी सिरहाका रहेका छन् । सिरहामा २५ वटा मुद्दा दर्ता भएकोमा यहाँ ३८ जना दुई किलो ३५० ग्राम गाँजा र ८८४ पिस ट्याब्लेटसहित पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार