Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एनआरएनएसँगको सहकार्यमा नेपाली संघ संस्थाद्वारा निरन्तर सहयोग

    नेपालमा कोरोनाको जोखिम न्युनिकरणका लागि मकाउ र हङकङबाट ५० हजार मास्क सहयोग

    नेपालमा कोरोनाको जोखिम न्युनिकरणका लागि मकाउ र हङकङबाट ५० हजार मास्क सहयोग

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    मकाउ। कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्व नै महामारीबाट गुज्रिरहेको अबस्थामा मकाउमा केही दिन अगाडि मात्रै पुर्ण रुपमा कोरोना भाइरस मुक्त राष्ट्र घोषणा गरिएको छ ।

    नेपाल लगायतका देशहरुमा भने कोभिड -१९को प्रभाब बढ्दो क्रममा रहेसँगै कोरोना भाइरसले नेपालमा गर्ने असर तुलनात्मक रुपमा बढि नै रहने निश्चित प्राय छ ।



    नेपालमा आइपर्ने हरेक दु:खको साक्षीका रुपमा रहि भाबनात्मक सम्बन्धका कडि बिभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपालीहरुले कोरोना कहरले जन्मभुमि नेपालमा पार्न सक्ने जोखिम न्युनिकरणका लागि सक्दो सहयोग गर्दै आएका छन् ।



    कोभिड १९ बिरुद्धको अभियानमा सम्पुर्ण नेपाली र राष्ट्रलाई नै केही सहयोग होस भनी भबिष्यमा आउन सक्ने बिकराल प्रति सचेत बन्दै सम्भाबित जोखिम कम गराउने उद्देश्यका साथ कोभिड १९ रोकथाम तथा निर्मुलका लागि सम्बन्धित सामग्री उपलब्ध गराई  बिशेषगरी जनताको सेवामा अहोरात्र खटिने र अति आवश्यक क्षेत्रहरु जस्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, मिडियाकर्मी र बृद्धाश्रम लगायतका क्षेत्रहरुमा  सहयोग पुर्‍याउँ भन्ने हेतुले गैर आवासिय नेपाली संघ मकाउको अनुरोधमा मकाउ र हङकङमा रहेका केही संघ संस्थाले सहयोग गरेका छन्।

    मकाउमा रहेका  नेपालीहरुको  सुखदुखमा साथ दिने सहयोगी सामाजिक अभियन्ता साथै नेपालमा विभिन्न किसिमका समस्या तथा दैवी प्रकोप र प्राकृतिक प्रकोप लगायतका घडिमा अहम भुमिका निभाईरहने नेप्लिज बडिविल्डिङ् एण्ड फिटनेश एशोसियशनका अध्यक्ष  IFBB International Judge, NCC macau co-ordinator NRNA sports academy taskforce asia member समेत रहेका श्रीजन बाबा भाई  (lei wai san), Brotherhood Association of Macau nepal (ब्रदर हुड एशोसियशन अफ मकाउ नेपाल) का अध्यक्ष बम लिम्बु , LG Association Hongkong का संयोजक साथै NRNA Sports Academy Taskforce Asia Member समेत रहेका चेतन गुरुङ ,अध्यक्ष बिशाल गुरुङ , र उपाध्यक्ष हिमाल गुरुङको सक्रियतामा Min da Construction Engineering Company Limited Macau का Managing Director  Leong Chin Tung  ले कोभिड १९ नियन्त्रणको लागि उपयोगी हुने स्वास्थ्य सामग्री मध्ये गुणस्तरयुक्त सर्जिकल मास्क ५० हजार थान गैरआवासिय नेपाली संघ राष्ट्रिय  समन्वय परिषद् मकाउलाई हस्तान्तरण गरेको छ ।

    एक महिना अघि पनि एनआरएनए मकाउको अनुरोधमा Macau Nepalese Bodybuilding and Fitness Association का अध्यक्ष श्रीजन बाबा  र Brotherhood Association of Macau nepal का अध्यक्ष बम लिम्बुको व्यक्तिगत खर्चमा मकाउमा कार्यरत नेपालीहरुका लागि फेस मास्कको समस्या नहोस भन्ने उद्देश्यले ७ हजार थान उच्च स्तरको सर्जिकल मास्क एनआरएनए मकाउलाई हस्तान्तरण गरिएको थियो ।

    उक्त मास्क मकाउ सरकारले सहज रुपमा उपलब्ध गराउने र उपयोगिताका हिसाबले नेपालमा त्यसको महत्व धेरै भएकाले गैर आवासिय नेपाली संघ मकाउ रास्ट्रिय समन्वय परिषद् लगायत सम्पुर्णको सल्लाह बमोजिम कोभिड १९ बिरुद्धको अभियानमा सहयोग र समर्थन पुर्याउनका लागी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

    Macau Nepalese Bodybuilding Association का अध्यक्ष श्रीजन  बाबा भाई (lei wai san )ले कोभिड १९ महामारीको जोखिम मुल्याङ्कन गर्दै न्युनीकरणका लागि आ- आफ्नो स्थानबाट सक्दो सहयोग गर्न मकाउमा स्थापित सम्पूर्ण नेपाली राजनितिक, सामाजिक, धार्मिक संघ संस्थाहरुमा सक्रियता र सहयोगका निमित्त हार्दिक अपिल तथा  अनुरोध समेत गरेका छन् ।

    उनले आगामी दिनमा पनि राष्ट्र बिपद्को परिस्थितीमा आफ्नो साथ सहयोग र समर्थन निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्दै यस महान कार्यमा जोडिनुहुने र बिशेष सहयोग पुर्याउनुहुने प्रति धन्यबाद सहित आभार प्रकट गर्दै राष्ट्रप्रतिको सद्भाब र मायालाई जगाई राख्नका निमित्त सबैले आ-आफ्नो स्थानबाट यसरी नै सहयोग  गर्नु पर्ने बताएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार