Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कमल थापा भन्छन् -विदेशीको चलखेलका कारण राष्ट्रिय स्वाभिमान खतरामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले  विदेशीको चलखेलका कारण राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने आशंका गरेका छन् ।

मंगलबार फेसबुकमा लेख्दै थापाले विदेशीको चलखेलले ठीक /बेठिक छुट्याउन पनि कठिन भएको बताए । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्रलाई उनले उदाहरणको रुपमा राखेका छन् ।

 

उनले लेखेका छन्- 'नेपाली राजनीतिमा बिदेशी 'एजेन्ट 'को चलखेल यति व्यापक छकि ठिक/बेठिक छुट्याउन पनि कठिन भएको छ।BRI,MCC,संबिधान संसोधन, धर्मनिरपेक्षता,संघियता,गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्।

जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिकको रुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुन्छ।
घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिन्छ।

राजा महेन्द्र,राजा बीरेन्द्र,बिपी,टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ।समयमा सचेत बनौं।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077