Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रभु बैंकको बैंकिङ प्रणालीमा समस्या, बन्दाबन्दीमा ग्राहकको खाता नम्वर परिवर्तन गरिनु शंकास्पद

काठमाडौं। लकडाउनको समयमा ‘क’ वर्गको प्रभु बैंकले अनावश्यक रुपमा ग्राहकको खाता नम्बर नै परिवर्तन गरेपछि बैंकमाथि शंका उपशंका उब्जिएको छ।

कोरोना भाइरस (कोभिड -१९) को संभावित महामारी रोक्न नेपाल यतिबेला पूर्ण लकडाउनमा छ । ७२ दिनदेखि नागरिकहरु घरबाहिर निष्कन पाएका छैनन। तर, यहि अवधिमा  प्रभु बैंकले भने सेवाग्राहीदेखि ग्राहकलाई हैरानी दिएको हो ।

प्रभु बैंकले ग्राहकको एकाउन्ट नम्बर मनोमानी रुपमा परिवर्तन  गरेको  छ । बैंकिङ सिस्टम माइग्रेसेनलाई कारण देखाउँदै प्रभु बैंकले ग्राहकको एकाउन्ट नम्बर परिवर्तन गरेको पाइएको हो ।

स्रोतका अनुसार प्रभु बैंकको बैंकिङ प्रणालीमा समस्या आएपछि ग्राहकले हैरानी खेप्नु परेको छ । ग्राहकको खाता नम्बर परिवर्तन भएपछि चेकबुक, एटिएम कार्डदेखि इन्टरनेट बैंकिङसम्म प्रभावित बनेको छ ।

ग्राहकहरुले एकाउन्ट नम्बर परिवर्तनपछि आफ्नो खातामा रहेको बचत रकमलाई लिएर समेत विभिन्न आशंका गरेका छन् । खाता नम्बर परिवर्तनबारे प्रभु बैंकले आधिकारीक रुपमा कुनै जानकारी भने दिएको छैन ।

बैंकबाट रकम झिकेपछि अहिले बैंक खातामा कति रकम बाँकी छ भन्ने सुचना समेत नआउने एक ग्राहकले गुनासो गरे।

‘हाम्रो खाता नम्बर नै अनावश्यक रुपमा परिवर्तन भइरहेको छ । यसले हाम्रो खातामा रहेको बचत रकममा समेत तलमाथि हुने होकी भन्ने हामीलाई आशंका छ,’ प्रभु बैंकका एक खातावाला भन्छन्,‘एकातिर कोरोनाको डर छ अर्को तिर हामीले रकम जम्मा गरेको रकमको बारेमा बैंक देखि डर लाग्न थालेको छ ।' बन्दाबन्दी भएको बेला किन खाता नम्बर परिवर्तन गरियो ? बैंकले प्रस्ट जवाफ दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077