Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एयर अरेवियाको जहाजबाट १ सय ६९ यात्रु काठमाडौंमा ओर्लिए

    एयर अरेवियाको जहाजबाट १ सय ६९ यात्रु काठमाडौंमा ओर्लिए

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    काठमाडौं ।  १६८ नेपाली यात्रु र एकजना बच्चा गरी १६९ यात्रु लिएर एयर अरेबियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

    सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
    कोरोना भाइरस महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपाली फर्काउने क्रम सुरु भएको हो । उक्त विमानबाट एक जना नेपालीको शव पनि नेपाल ल्याइएको छ।



    फर्कनेहरुमा इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी ११६८जना नेपाली छन्  ।सबै नेपाली यात्रुहरुले कोरोनाको पोलिमरेज चेन रियाक्शन(पीसीआर) जाँचको प्रमाणपत्र लिएर आएकोका हुन । शुक्रबार मात्र म्यानमारबाट २६ नेपाली फर्किएका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार