Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डीभी चिठ्ठाको नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । शनिबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा डीभी २०२१ को नतिजा शनिवार सार्वजनिक भएकाे जानकारी दिएको थियो ।

दूतावसले डीभी परेको अथवा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज नदिने समेत जानकारी दिएको छ । डिभी पर्‍यो या परेन भन्ने थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर हेर्न सकिने जनाइएको छ ।

कन्फर्मेसन नम्बर भुलेको वा हराएको भए पनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077