Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपामा बैठक बाेलाउन ओली र प्रचण्डलाई दबाब

काठमाडौं । सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए। ४५ सदस्यीय स्थायी समितिका २० सदस्य अर्थात् (झण्डै ४५ प्रतिशत) नेताले स्थायी समिति बैठक बोलाउन माग गत वैशाख १० मै गरेका थिए। त्यसयता वैशाख २५ र ३१ गतेका लागि स्थायी समितिको बैठक मिति त तोकियो, तर बैठक बसेन।

विधानत तीन महिनामा स्थायी समिति बैठक बस्ने नियमित प्रक्रिया पनि हो। न सदस्यहरूले माग गरे अनुसार नेकपाले बैठक बोलाउन सकेको छ, न विधानको नियमित प्रक्रिया अनुसार नै बैठक बसेको छ। विधान मान्ने हो भने पार्टी कमिटीका २५ प्रतिशत नेताहरूले लिखित माग गरेमा केन्द्रीय कमिटीको एक महिनाभित्र र मातहात कमिटीको बैठक १५ दिनभित्र बोलाउनु पर्छ। अन्तरिम पार्टी विधानको धारा ५९ (४)मा त्यस्तो ब्यवस्था स्पष्ट छ। अहिले पुनः बैठक बोलाउन पार्टी नेतृत्वलाई नेताहरूले दबाब बढाउन थालेका छन्। तर अहिलेसम्म बैठकको टुंगो नेतृत्वले लगाउन सकिरहेका छैनन। ‘हामीले बैठकका लागि नेतृत्व (अध्यक्षद्वय) लाई भनेको भन्यै छौं, तर, नेतृत्वले बैठक बोलाउन किन चाहिरहेको छैन, हामी नै अचम्मित भइरहेका छौं’, बरिष्ठ नेता झलनाथ खनालले भने।

शुक्रबार मात्रै पनि अध्यक्ष दाहाललाई खनाललगायत नेकपाका केही नेताले अलग–अलग भेटेर बैठक बोलाउन ध्यानाकर्षण गराएका थिए। त्यसपछि शुक्रबार साँझ नै अध्यक्षद्वय ओली र दाहालबीचमा पार्टी बैठकका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। ‘उहाँहरू छलफलमै हुनुहुन्छ भन्ने कुरा मात्र छ, प्रचण्ड कमरेड बैठक बोलाउन कसरत गरिरहनु भएको देखिन्छ, तर प्रधानमन्त्री अहिले तयार भइसक्नु भएको देखिन्न’, बरिष्ठ नेता खनालले भने। नेकपाले पार्टी बैठकबाट टुग्याउनै पर्ने अनेक एजेण्डा छन्। जसका कारण सरकारले समेत उपयुक्त निर्णय लिन सकिरहेको छैन। अन्नपुर्ण पाेष्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077