Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाबुराममाथि ठुलो षडयन्त्र, टिपेक्सले मेटेर किन गरियो घटुवा ?

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको उक्त  पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

स्रोतका अनुसार निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको थियो। तर निर्वाचन आयोगमा पुग्दा भने बाबुरामको नाम ‘टिपेक्स’ले मेटेर अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ। डा. भट्टराईको नाम २ नम्बरमा लेखिएको देखिएपनि पछि टिपेक्स लगाएर हटाइएको प्रस्ट देखिन्छ ।

यसअघि आइतबार नै जसपाका शीर्ष नेताहरुको कार्यविभाजन भएको थियो । जसअनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो रहने भनिएकाे थियाे । तर, आयोगमा बुझाएको कागजमा भने भट्टराई र महतोलाई बरिष्ठ नेताका रुपमा राखिएको हाे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077