Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बन्चरोले हानेर आफ्नै १७ वर्षे छोराको हत्या

काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै १७ छोराको हत्या गरेका छन्।

वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

गएराती काकाको घरको छतमा सुतेका सुदिपलाई राती १ बजेतिर छतमै गई अत्याधिक रक्सी खाएका रिमबहादुरले हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

टाउको र मुखमा गम्भीर चोट लागेका सुदिपको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।

स्थानीयका अनुसार भारतमा रोजगारी गर्दै आएका सुदिप लकडाउन हुनुपूर्व चैतको पहिलो साता घरमा आएका थिए।

रिमबहादुरले दुईवटी श्रीमती विवाह गरेको र सुदिप जेठी श्रीमतीतर्फका कान्छा छोरा हुन्।

हत्यामा संलग्न रिम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077