Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कुवेतबाट स्वदेश फर्कंदै नेपाली

    कुवेतबाट स्वदेश फर्कंदै नेपाली

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिए नेपाली नागरिक कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएकाे छ।

    त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् । कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समय मिलाउन कठिन भएको थियो । दुवैतर्फको सहमतिमा बिहीबार दिउँसोको समयमा दुवै जहाज अवतरण हुने भएको छ ।



    जसअनुसार कुवेतको जजिरा एयरलायन्सको २ जहाजमा त्यहाँबाट नेपाली नागरिक आउँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ ।



    पहिलो जहाज फर्के लगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार