Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कुवेतको अस्थायी क्याम्पमा रहेका २ हजार ९९१ मध्ये ३०६ जना नेपाल आइपुगे

    कुवेतको अस्थायी क्याम्पमा रहेका २ हजार ९९१ मध्ये ३०६ जना नेपाल आइपुगे

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । कोरोना (कोभिड–१९) को संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण कुवेतमा अप्ठेरोमा परेका ३ सय ६ जना नेपाली महिला नेपाल आइपुगेका छन् ।

    उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ ।



    होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारिेन्टन सेन्टरमा लैजाने तयारी छ ।



    जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना नेपाल आएका हुन् ।

    आज नेपाल आएकाहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारहरु हुन् ।

    उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो ।

    कुवेतको अस्थायी क्याम्पमा ११ जना बालबालिका भए पनि उनीहरुलाई भने ल्याइएको छैन ।

    कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो ।

    अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा २ हजार ९ सय ९१ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर, सबैलाई एकैपटक ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।

    पहिलो चरणमा आज ३ सय ६ जना नेपाल आएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार