Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सरकारको रबैयाले साउदीमा कोरोनाका कारण अलपत्र नेपालीहरु निराश

    सरकारको रबैयाले साउदीमा कोरोनाका कारण अलपत्र नेपालीहरु निराश

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 2.6K
    SHARES

    साउदी । कोरोना भाइरसबाट प्रभावित भइ अलपत्र परेका नेपालीहरु निराश बनेका छन्।  बिहीबार सरकारले निर्धारण गरेको हवाई टिकटको मूल्य देखेर उनीहरु निराश बनेका हुन ।

    साउदीमा रियाद, दमाम, र जेद्धा शहरका लागि सरकारले नेपाल फर्कन चार्टर उडान निर्धारण गरेको छ । एकतर्फी हवाई टिकटको मूल्य नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । नेपाल एरलाइन्स र हिमाल एरलाइन्सबाट नेपाली स्वदेश फर्काउने तयरी छ ।



    साउदीमा अहिले साना तथा मझौला कम्पनीहरू बन्द भएका छन् । कतिपय बन्द हुने अवस्थामा छन भने ठूला कम्पनीले कामदार र तलब कटौती गर्न सुरू गरेका छन् ।



    यस्तो अवस्थामा अलपत्र परेका नेपालीलाई खान, बस्न पनि समस्या छ भने कोरोना भाइरसबाट संक्रमित भएकाहरू समयमा नै उपचार नपाउँदा मर्नुपर्ने अवस्था छ । स्वदेश फिर्ताका लागि हवाई टिकटको मूल्य देखेर कसरी नेपाल जाने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । यसबाट अलपत्र परेका नेपालीमा रहेको झिनो आशा पनि मरेको छ।

    साउदीमा रहेका विभिन्न भातृसंगठन, एनआरएन, सामाजिक सघं संस्थाले टिकटको मूल्य कम गर्न आह्वान गरेका छन् ।

    साउदीमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढेको छ दैनिक ३ हजार भन्दा बढि संक्रमित भएका फेला परिरहेका छन् । जसबाट साउदीमा कार्यरत लगभग १५०० भन्दा बढी नेपाली संक्रमित हुनुको साथै १० भन्दा बढीको मृत्यु भएको छ । ६० भन्दा बढि नेपाली मृतकका शवहरू साउदीमा छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार