Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बम राखेर भाग्दाभाग्दै ललितपुरबाट बिप्लब समुहका नेता पक्राउ

    बम राखेर भाग्दाभाग्दै ललितपुरबाट बिप्लब समुहका नेता पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेकपा बिप्लब समुहका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् ।

    ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गरेको आरोपमा बिप्लब समुहका नेता श्याम भनिने सानुराज बज्राचार्यलाई  पक्राउ गरिएको ललितपुर प्रहरीका एक अधिकारीले वताए।



    बम राखेर भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले पक्राउ गर्न सफल भएको हो ।



    उनले राखेको सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । उनको साथबाट कटुवा बन्दुक र तीन थान बम समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

    त्यस्तै चन्दा उठाउने  लेटर प्याड समेत फेला पारिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका महर्जनको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार