Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसएसपी राईलाई धम्की दिने बिप्लब समुह ललितपुरकी सेक्रेटरी पक्राउ

    एसएसपी राईलाई धम्की दिने बिप्लब समुह ललितपुरकी सेक्रेटरी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 6.7K
    SHARES

    ललितपुर। महानगरिय प्रहरी परिसर ललितपुरले सरकारद्वारा प्रतिवन्धित नेकपा बिप्लब समुहकी  ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई पक्राउ गरेको छ ।

    ललितपुर प्रहरीको टोलीले अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको हो ।



    अधिकारीले विप्लव समूह ललितपुरका डिसीएम श्याम बज्राचार्यलाई विस्फोटक पदार्थसहित  पक्राउ गरेको प्रकरणमा  विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई धम्क्याएकी थिइन् ।



    एसएसपी राईविरुद्ध वक्तव्य जारी गरेको र विष्फोटक पदार्थ बनाउने कार्यमा संलग्न रहेको आरोपमा सेक्रेटरी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    विज्ञप्तिमार्फत अधिकारीले सरकारको मतियार एसएसपी राईलाई जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वत्रतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने धरकपट तथा शारीरिक तथा मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन दिएकी थिइन् ।

    ललितपुरका प्रहरी प्रमुख एसएसपी राईले सेक्रेटरी अधिकारीविरुद्ध ललितपुर परिसरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दा विचाराधिन अवस्थामा रहेको पनि जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार