Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बिप्लबले ओलीसँग घुंडा टेकेपछि मजदुर संगठनमा विद्रोह

    बिप्लबले ओलीसँग घुंडा टेकेपछि मजदुर संगठनमा विद्रोह

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 5.1K
    SHARES

    काठमाडौं । मूलधारको राजनीतिमा फर्किएलगत्तै विप्लव नेतृत्वको नेकपानिकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा विद्रोह भएको छ ।

    महासंघको छैठौं राष्ट्रिय सम्मेलन सकिएलगत्तै विप्लवको मदजुर संगठनमा विद्रोह भएको हो । विद्रोह गरेका मजदुर नेताले संगठनको वैचारिक, राजनैतिकदेखि कार्यशैलीप्रति असहमति जनाएका छन् ।



    यसको नेतृत्वचाहिँ भीमप्रकाश अधिकारीले गरेका छन् । उनी महासंघका केन्द्रीय सदस्य हुन् । उनलाई अन्य ८ जनाले साथ दिएका छन् । संगठन र पार्टी परित्याग गरेका हुन् ।



    उनीहरूले विप्लवको कुन कार्यशैलीप्रति असहमति जनाएका हुन्, खुलाएका त छैनन् । तर मूलधारको राजनीतिमा आउने निर्णयबाट रुष्ट बनेर उनीहरू अलग बनेको अनुमान गरिएको छ ।

    ‘नेपाल कम्युनिस्ट पार्टी (विप्लव) नेतृत्वमा गोलबन्द मजदुरहरूको रगत पसिनाले स्थापित प्यारो संगठन अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघको पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनपश्चात त्यस संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको कुरा सार्वजनिक गर्दछौं,’ असन्तुष्ट मजदुरद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

    संगठनबाट अलग हुनेमा अधिकारीसँगै कृष्ण चौधरी, हरिचन्द्र खड्का, विजय अधिकारी, विमुरा कोर्मोचा, नितू शाह, अनिता कार्की, वीरसिंह विक र अम्बिका राई छन् ।

    संगठनबाट अलग भएको घोषणा गरेका उनीहरूले मजदुरहरूको हकहितका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता जनाएका छन् ।साँघु साप्ताहिकमा खबर छ

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार