Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बेवारिसे शवमा कोरोना पोजेटिभ देखिएपछि वीरगन्जमा त्रास

    बेवारिसे शवमा कोरोना पोजेटिभ देखिएपछि वीरगन्जमा त्रास

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फाइल तस्बिर

    पर्सा ।  वीरगन्जको घण्टाघरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।

    प्रहरीले बेवारिसे अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएकोमा सोही दिन शवको पोष्टमार्टम गर्ने क्रममा चिकित्सकले मृतकको स्वाबसमेत संकलन गरेका थिए।



    पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले उनको मृत्यु कोरोना वा अन्य कारणले भएको हो भन्ने यकिन हुन सकेको छैन।



    संक्रमण पुष्टि भएको शव नारायणी अस्पतालकै शवगृहमा राखिएको छ।

    यता, पर्सामा केही दिन अगाडि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार