Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनआरएनएका क्षेत्रीय संयोजकहरुले भने, 'उद्धारको नाममा सरकारले पीडितलाई पेल्यो, एजेन्सीले लुटे

कतार । गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजकहरुले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारको नाममा कतिपय ट्राभल एजेन्सीहरु कमाउधन्दामा लागेकोप्रति आपत्ति जनाएका छन् ।

एनआरएनएका अमेरिकाज्, मध्यपूर्व, यूरोप, अफ्रिकाका क्षेत्रीय संयोजकहरुले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै बिश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभाबकीय भुमिका निर्वाह गर्नुपर्नेबेला आफु निकटका ट्राभल एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नुपर्ने वाताबरण बन्नु अत्यन्त दु:खद भएको जनाएका हुन ।

‘वर्तमान कठिनतामा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पिडित आफ्ना नागरिकहरुलाई विदेश मै कष्टकर जीवन विताउन बाध्य पार्न खोजेको हामीलाई महशुष भएको छ’, बिज्ञप्तिमा भनीएको छ, ‘विदेशमा काम गर्ने नेपालीहरूले नै पठाएको रेमीट्यान्सको तागतमा उभीएको सरकारले बिपतको घडिमा यसरी गैरजिम्मेवार बन्नु बिदेशीएका हामी नेपालीहरूका लागी अत्यन्त दुःखद कुरा हो।’

कोभिड–१९ को महामारीले रोजगारी गुमेकादेखि विभिन्न प्रयोजनले विदेश गएका तर आन्तरिक बन्दाबन्दी तथा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अलपत्र परेका श्रम गन्तव्य मुलुकदेखि विभिन्न देशमा रहेका नेपाली घर फर्कने प्रतिक्षामा छन् । नागरिकले पीडाको अनुभूति गर्न नपर्ने गरी सरल रूपमा नेपाल फर्काउने व्यवस्था मिलाउन क्षेत्रीय संयोजकहरुले अनुरोध समेत गरेका छन् ।

संघका अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप क्षेत्र संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्र संयोजक प्रवीण गुरुङ र अफ्रिका क्षेत्र संयोजक रोशन थापाले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै हवाई शुल्क तिर्न सक्ने र नसक्ने सबैलाई सँगसँगै उद्धार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077