Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट गुल्मीमा एक जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

    कोरोना संक्रमणबाट गुल्मीमा एक जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    बुटवल । गुल्मीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    जेठ २ गते भारतबाट आएर उनी धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका थिए । नेपाली सेनाले राति नै उनको शव धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित एक जंगलमा व्यवस्थापन गरेको छ ।



    जेठ १२ गते संक्रमण पुष्टि भएका उनी क्यान्सर र पायल्सका विरामीसमेत रहेको तम्घास अस्पतालका डा. कविराज भुसालले बताए । उनकाअनुसार थप उपचारका लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याइएको थियो ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार