Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनुषामा गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

जनकपुर । प्रदेश नम्वर २ प्रहरीले धनुषा सबैला नगरपालिका–७ लबटोलीका अरुण मण्डलललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा श्रवण मण्डललाई पक्राउ गरेको छ ।

जेठ २८ गते राती गोली प्रहार गरी हत्या गरेको आरोपमा श्रवणलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर बरुणबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (आइतबार) महोत्तरीको जलेश्वर नगरपालिका–३ भिट्टामोटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका १९ वर्षिय श्रवण पनि सबैला नगरपालिका–७ लबटोलीकै हुन् । प्रदेश प्रहरी प्रमुख डिआईजी धिरप्रताप सिंहले श्रवण पक्राउ परेको पुष्टी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको जानकारी गराए ।

अनुसन्धानका क्रममा श्रवणले गोली प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077