Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • धनुषामा गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

    धनुषामा गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    जनकपुर । प्रदेश नम्वर २ प्रहरीले धनुषा सबैला नगरपालिका–७ लबटोलीका अरुण मण्डलललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा श्रवण मण्डललाई पक्राउ गरेको छ ।

    जेठ २८ गते राती गोली प्रहार गरी हत्या गरेको आरोपमा श्रवणलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर बरुणबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (आइतबार) महोत्तरीको जलेश्वर नगरपालिका–३ भिट्टामोटबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका १९ वर्षिय श्रवण पनि सबैला नगरपालिका–७ लबटोलीकै हुन् । प्रदेश प्रहरी प्रमुख डिआईजी धिरप्रताप सिंहले श्रवण पक्राउ परेको पुष्टी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको जानकारी गराए ।



    अनुसन्धानका क्रममा श्रवणले गोली प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार