Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमसीसीबारे निर्णय गर्न बालुवाटारमा सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्न बालुवाटारमा सर्वदलिय बैठक डाकेका छन् ।

५ बजे बोलाइएको बैठकमा एमसीसी बारे निर्णय गरिने बताइएको छ । एमसीसी असार १५ गतेभित्र संसदबाट पारित गरिसक्नुपर्ने समयसिमा भएकाले प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला राजनीति सहमती जुटाउन जोडबल गरिरहेका छन् ।

सबै राजनीतिक दलका नेताहरू सम्मिलित बैठक अहिले बालुवाटारमा जारी छ ।

आफ्नै पार्टीभित्र एमसीसीकाविरुद्ध पूर्व प्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाल, संसदिय दलका प्रमुख सचेतक देव गुरुङ, नेता भिम रावललगायतका वहुमत सांसद रहेको बेला प्रधानमन्त्री ओलीलाई एमसीसी पारित गराउनु फलामको चिउरा भएको छ ।

एमसीसीकाविरुद्ध पार्टीभित्रै चर्को विरोध भएपछि प्रधानमन्त्री ओलीले खनालको संयोजकत्वमा रावल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सदस्य रहेको तीन सदस्सीय अध्ययन समिति बनाएका थिए ।

अध्ययन समितिले माघमै प्रतिवेदन बुझायो । प्रतिवेदनमा खनाल र रावलले चारवटा बुँदा संशोसध भएमात्र पारित गर्नुपर्ने उल्लेख गरेका छन् भने ज्ञवाललीले एमसीसी गुमाउन नहुने उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवी गुम्ने भन्दै एमसीसी कुनै बहानबाजीमा रोक्न नहुने ज्ञवालीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077