Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगार र विदेशमा अध्ययन गर्न जान अब सहज

काठमाडौं। कोभिड- १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले  बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा बिदेश जान दिने निर्णय गरेको छ ।

वैदेशिक रोजगारीमा जानेलाई भने श्रम मन्त्रलायले अनुमति दिने वताइएको छ  ।

शुक्रबार बसेको बैठकले विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा जान दिने निर्णय समेत गरेको छ ।

सरकारले रोजगारदाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन पनि बनाउने तयारी  थालेको छ । यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ ।

विदेशबाट ल्याइएका शव व्यवस्थापनको गाइडलाइन तयार पार्ने जिम्मा पनि श्रम मन्त्रालयलाई दिइएको छ ।

लकडाउन खुकुलो गरेसँगै देशका विभिन्न भागमा संक्रमितको संख्या पनि बढिरहेको भन्दै सबैलाई सचेत र जिम्मेवार बन्न पनि सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077