Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देवर र भाउजूद्धारा एउटै रुखमा झुण्डिएर आत्महत्या

काठमाडौं । इलामको एक गाउँका देवर र भाउजूले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

माङसेबुङ गाउँपालिका ६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकी २६ वर्षीया भाउजू गीता राई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानै हिँडेका उनीहरु राति अबेरसम्म नफर्केपछि परिवारले खोजी गर्दा घरभन्दा करिब ७ सय मिटर पर दारको रूखमा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले किन र कसरी आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मंगलबारको टोली घटनास्थल पुगेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनपछि नेपालमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ ।

२०७६ चैत ११ गतेबाट शुरु भएको लकडाउन अहिले पनि जारी छ । तर, अहिले लकडाउनको मोडालिटी भने परिवर्तत गरिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार जेठ १५ सम्म आत्महत्या गर्नेको संख्या ११ सय नाघिसकेको छ ।

लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा १ हजार १०५जनाले आत्महत्या गरेको तथ्यांक छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077