Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतारबाट १४९ जना नेपालीहरू स्वदेश फर्किए, एनआरएनएद्वारा खुशी व्यक्त

दोहा।  कोरोना महामारीका कारण  कतारबाट पहिलो चरणमा आज ३ जना बच्चा सहित १४९ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

कतारको समय अनुसार आज विहान पौने एक बजे नेपाल एयरलान्सको २३९२ को उडानबाट स्वदेश फर्किएका मध्य २९ जना सुत्केरी तथा गर्भवती सहित ८२ जना महिला, ६४ जना पुरुष र ३ जना नाबालक रहेको नेपाली राजदूतावासका द्धितीय सचिव प्रविण भट्टराइले  जानकारी दिए।

आजै झन्डै नेपाली समय १० बजे विहान नेपाल अवतरण गर्ने नेपालीहरुलाई विदाई गर्ने क्रममा कता स्थित राजदूत डा. नारदनाथ भारद्वाज वाग्ले सहित दूतावासका कर्मचारीहरु उपस्थिति थिए ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीलाई विदाई गर्न पुगेका एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले पहिलो चरणको यो उद्धारले आफू निकै हर्षित रहेको वताए । एनआरएनए मध्यपूर्व संयोजक  गुरुङले भने , 'मध्यपूर्वमा पिडामा परेका र प्राथमिकतामा परेकाहरुलाई स्वदेश फ़र्काईदै छ र कतारले आज शुरुवात गरेको छ। यसलाई तिब्रता दिनु पर्छ। आज फर्किनेहरू सबै चर्को मूल्य तिरेर स्वदेश फर्किएका छन्। अब टिकट नै काट्न नसक्नेलाई सरकारले टिकटको व्यवस्था सहित तत्काल उद्धार गर्नु पर्छ।'

गुरुङले आफ्नो जिम्मेवारी पुरै मध्यपूर्व नै भएको हुँदा पीडाको चरम मारमा परेर मृत्यूवरण नै गर्नु पर्ने स्थितिमा पुगेकाहरुलाई सरकारले तत्काल कदम चाल्नु पर्ने वताए ।

[caption id="attachment_19137" align="alignnone" width="800"] नेपालीहरुलाई बिदाइ गरेपछि तस्बिर खिचाउंदै एनआरएनए र दुताबासका पदाधिकारीहरु [/caption]

आज  १ सय ४९ जनालाई बिदाइ गर्न  बोर्डिङ्ग पास काउण्टर सम्म पुगेर भाषा ट्रान्सलेट देखि लगेज मिलाउने सम्म  काममा गुरुङ सक्रिय देखिन्थे । यदि हजारौंको संख्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन सके त्यसले थप खुशी र हौसला हुने पनि उनले उल्लेख गरे ।

स्वदेश फर्किएको प्रति खुसि व्यक्त गर्दै एरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं मध्यपूर्व यूवा संयोजक राज रेग्मीले यो उद्धार नभई स्वदेश फर्कन चाहानेहरु प्रर्ती गरेको सहजीकरण मात्र रहेको उल्लेख गरे ।

विदाईका लागि एयरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं आईसिसी सदस्य रमेश भट्टले समेत हजारौंको संख्यामा रहेका पीडितलाई तत्काल स्वदेश फिर्ता गराउन पर्याप्त उडान हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077