Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालले नयाँ नक्सा जारी गर्दा भारतको वकालत गर्ने सरिता गिरीमाथि कारवाही !

    नेपालले नयाँ नक्सा जारी गर्दा भारतको वकालत गर्ने सरिता गिरीमाथि कारवाही !

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै विवादित अभिव्यक्ति दिएर भारतको पक्षमा बोलेको आरोप खेपेकी सांसद सरिता गिरीसँग उनको पार्टी समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    सांसद गिरीले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको भन्दै समाजवादी पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।



    सांसद गिरीले नक्सासम्बन्धि संविधान संशोधन विधेयक विरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन ।



    यद्यपी सभामुख अग्निप्रसाद सापकोटाले भने संसद नियमावलीको दफा १ सय १२ अनुसार स्वीकार हुन नसक्ने भन्दै सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए। लगतै गिरीले संसद बहिस्कार गरेकी थिइन ।

    विवादमा परेपछि उनी माइती देश भारत जान लाग्दा नाकामा भारतीय प्रहरीले नै प्रवेश गर्न नदिएपछि उनी यतै फर्किएकी थिइन् ।

    संविधान संशोधन विधेयक विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए ।

    राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेको कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको हो ।

    सांसद गिरीको स्पष्टीकरण चिक्तबुझ्दो नआए उनलाई संसदबाट कारबाही गर्ने पार्टीमा निर्णय भएको पनि स्रोतको दावी छ । समानुपातिक सांसद गिरीलाई पार्टीले चाहेको अवस्थामा प्रक्रिया पुर्‍याएर फिर्ता बोलाउन सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार