Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सीडीओ कार्यालयबाटै घुससहित बिचौलिया पक्राउ, गृह मन्त्रालयमा हलचल

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पास बनाउन घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौं नजिकैबाट एक बिचौलियलाई पक्राउ गरेको छ ।

पास बनाउन घुस लिएको आरोपमा लेखापढी व्यवसायी खेमराज सापकोटा पक्राउ परेका हुन । अख्तियारको टोलीले तीन हजार रुपैयाँ घुससहित   जिल्ला प्रशासन कार्यालय छेउबाट सापकोटालाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी कर्मचारीमाथि समेत छानबिन थालिएको अख्तियार जनाएको छ । यो घटनाले जिल्ला प्रशासन कार्यालयमा पास बनाउन घुस लेनदेन हुने गरेको खुलेको छ ।

लकडाउन सुरु भएदेखी नै सीडीओ कार्यालयको छेउमा पास लिनेहरुसँग बिचौलियाहरुले पासका लागि घुसको मोलमोलाई गरेको सार्वजनिक भएको थियो। तर,यो कुराको जानकारी पाए पनि गृह मन्त्रालय भने मौन रहँदै आएको थियो।

सापकोटाले जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीसँग सेटिङ मिलाएर धनकुटा जानका लागि पास उपलब्ध गराइदिने भन्दै घुस लिएका थिए । उनीसँग कुन कुन कर्मचारीको कनेक्सन छ भन्ने कुरा अख्तियारले छानबिन गर्ने भएको छ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोर्सफोर्स हुनेलाई सजिलै पास दिने तथा अत्याबश्यक काम परेकालाई समेत नदिने गरेको गुनासो आएपछि अख्तियारले स्टिङ अप्रेसन गरेको हो ।

यो घटनाले गर्दा काठमाडौंका सिडिओ जनकराज दाहालको कार्यक्षमतामाथि प्रश्न उठेको छ भने गृह मन्त्रालयको कमजोरी पनि उजागर भएको छ।

हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिब महेश्वर न्यौपानेलाई बोलाएर गृह प्रशासनको कमजोर  काम कारवाहीबारे प्रश्न उठाएको स्रोत वताउँछ।

गृह मन्त्रालयले प्रहरी र प्रसाशनलाई समन्वय गरी काम गराउन नसक्दा लकडाउनको राम्रोसँग कार्यन्वयन हुन नसकेको बालुवाटारको बुझाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077