Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हुण्डीमा संलग्न देखिएपछि दुई घुमुवा प्रहरी अपराध महाशाखाको नियन्त्रणमा

    हुण्डीमा संलग्न देखिएपछि दुई घुमुवा प्रहरी अपराध महाशाखाको नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 6.7K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले आचरण विपरित काम गरेको आरोपमा दुई प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गणमा कार्यरत सिपाही विक्रम चन्दलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।

    उनीहरुलाई नियन्त्रणमा लिएको भएपनि महाशाखाले भने कुनै कुरा बाहिर ल्याएको छैन ।



    केही समयअघि महागनरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले काठमाडौंका दर्जनौ घुमुवा प्रहरीहरुलाई हटाएर चर्चा बटुलेका थिए । तर, गलत क्रियाकलाप गरेको उजुरी परेपनि विष्टलाई भने परिसरबाट हटाएका थिएनन् । विष्टलाई पोखरेलकै दबाबमा परिसरमा राखिएको थियो । चन्द पनि पहिले परिसरमै घुमुवाको रुपमा कार्यरत थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार