Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मेयरमाथि भ्रष्टाचारकाे आरोप लगाउँदै उपमेयरद्वारा नगरसभा बहिष्कार

    मेयरमाथि भ्रष्टाचारकाे आरोप लगाउँदै उपमेयरद्वारा नगरसभा बहिष्कार

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 4.7K
    SHARES

    रौतहट। बृन्दावन नगरपालिकाका उपप्रमुख नुरजहान खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छन् । प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गर्नुभएको हो । उपप्रमुख खातुनले गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र बुधबार जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको बताइन्।

    नदीजन्य सामग्री बेचेर रु छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ । लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उनले उपप्रमुखको अनुगमन बिनानै सबै योजनाको भुक्तानी भइरहेको बताइन् ।



    प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै उच्च अदालतमा जाने उपप्रमुख खातुनले चतावनी दिइन् । उनले बुधबार भएको एकपक्षीय नगरसभा बदर गरी हिसाब फछ्र्र्याेटपश्चात नगरसभा गर्न माग गरिन् । उता प्रमुख यादवले उपप्रमुखले सहमतिमा नगरसभामा भएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार