Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शुक्रबार कुन-कुन जिल्लामा थपिए ५९३ कोरोना संक्रमित ?

    शुक्रबार कुन-कुन जिल्लामा थपिए ५९३ कोरोना संक्रमित ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । शुक्रबार ५९३ जना संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, झापाका एकजना पुरुष रसुनसरीका ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।



    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ महिला र १० जना पुरुष, महोत्तरीका ४ जना पुरुष, सिराहाका एक महिला र ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।



    यस्तै नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, बैतडीका ५ महिला र २० पुरुष, बझाङका ३ महिला र ६ जना पुरुष, बाजुराका १० जना महिला र १७ जना पुरुष, बाराका २ जना पुरुष, दार्चुलाका ३ जना पुरुष, डोटीका १७ जना महिला र २९ जना पुरुष, गोरखाका ५ जना पुरुष, कैलालीका ८ जना महिला २२ जना पुरुष, कंचनपुरका ८ जना महिला र ३४ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ८ जना पुरुष, रौतहटका २ जना महिला र ४४ जना पुरुष र सल्यानका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, नुवाकोटका एकजना पुरुष र काठमाडौंका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ महिाल र १० जना पुरुष, कैलालीका एकजना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा गुल्मीका ४ महिला र ८ जना पुरुष, कपिलवस्तुका २ जना महिला र ६ जना पुरुष, रौतहटका एकजना महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एनना महिला र एकजना पुरुष, लमजुङका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र एकजना पुरुष, गुल्मीका २ महिला र ११ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ३ जना पुरुष, पाल्पाका एकजना महिला र ७५ पुरुष, नवलपरासीका एकजना पुरुष, रुपन्देहीका ४ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १४ जना महिला र ६१ जना पुरुष र प्युठानका २० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना पुरुष,जाजरकोटका २ जना पुरुष, मुगुका एकजना पुरुष, सल्यानका ३ जना पुरुष, सुर्खेतका ८ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना जुम्लाका एक महिला र २ जना पुरुष गरि जम्मा १०७ महिला र ४८६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार