Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सामुदायिक वनका कोषाध्यक्षविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस मागेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक वनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जनकल्याण सामुदायिक वनका कोषाध्यक्ष मीनबहादुर घलेले रु तीन लाख र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तीनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाले ३० हजार ५०० रुपैयाँ घुस लिएको पाइएको छ ।

उनीहरुलाई बिगो अनुसारको अभियोगमा आयोगले आज मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077