Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आइतबार कुन-कुन जिल्लामा थपिए ४६३ कोरोना संक्रमित ?

    आइतबार कुन-कुन जिल्लामा थपिए ४६३ कोरोना संक्रमित ?

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । आइतबार ४६३ जना कोरोना संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १२ हजार ७७२ पुगेको छ ।

    नेपालमा अहिलेसम्म एक हाजर ४७४ महिला र ११ हजार २९८ पुरुष गरी १२ हजार ७७२ जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नयाँ थपिएका संक्रमितहरु ३५८ पुरुष र १०५ महिला रहेका छन् ।



    मन्त्रालयका अनुसार मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ जना, दोलखाका २ जना गुल्मीका ३८ जना, खोटाङका ४ जना, गोर्खाका एक जना, रौतहटका १७ जना, सर्लाहीका एक जना संक्रमित छन् ।



    त्यस्तै सिन्धुपाल्चोकका एक जना, कपिलवस्तुका १० जना, धादिङका एक जना, ललितपुरका एक जना, बाजुराका ६३ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी पर्बतका २ जना, सल्यानका एक, तनहुँका ६ जना, म्याग्दीका एक जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, डोटीका १३ जनाम बाजुराका ३२ जना र दाङका ३४ जना रहेको जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार