Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वास्थ्यमन्त्रीकाे प्रतिबद्दता झुठाे साबित हुँदै

    स्वास्थ्यमन्त्रीकाे प्रतिबद्दता झुठाे साबित हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जेठ २६ गते प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलबाट उठेका प्रश्नको जवाफमा परीक्षण दर १० हजार पुर्‍याउने बताएका थिए। तर पछिल्लो साता परीक्षण भने घट्दै गएको छ।

    मन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने प्रतिवद्दता जनाएपनि त्यो पूरा नहुने भएको छ। संक्रमित संख्या बढ्दै गएको भन्दै मन्त्री ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्दता जाहेर गरेका थिए।



    गत दुई दिनको परीक्षण संख्या हेर्ने हो भने दैनिक ४ हजार जनाको परीक्षण हुँदै आएको छ। मन्त्रालयको तथ्यांक अनुसार आइतबार ४ हजार ६ सय ६ जनको परीक्षण भएको छ। मन्त्रालयले भएका प्रयोगशालाहरूको क्षमता वृद्धि गर्ने, थप पिसिआर मेसिनहरू थप्ने र निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गरेर दैनिक १० हजार जनाको परीक्षण गर्ने तयारी गरेको थियो।



    हाल देशभर कोभिड-१९ को आरटी पीसीआर परीक्षण गर्ने २३ वटा प्रयोगशाला छन्। कतिपय प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि थन्किएका छन्। कतिपय प्रयोगशालामा किट अभाव हुँदा परीक्षण हुन सकेको छैन। कतिपय प्रयोगशालामा क्षमता भन्दा बढी स्वाब क्युमा रहेका छन्। परीक्षण किट अभाव हुँदा यसअघि सुदुरपश्चिम प्रदेशमा स्वाब संकलनसमेत रोकिएको थियो।

    सुर्खेत प्रादेशिक अस्पताल तथा किटजन्य रोग अनुसन्धान प्रयोगशालामा आइतवारको रिपोर्टमा कुनै पनि परीक्षण भएको छैन। यहाँ हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको सबै भन्दा बढी परीक्षण भएको छ। सुर्खेतमा हालसम्म १३ हजार ९७७ परीक्षण भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आइतवारको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा २६० नमुना परीक्षण भएका छन्। यहाँ हालसम्म १२३ हजार ६४० नमुना परीक्षण भएका छन्। यो परीक्षण यहाँको क्षमता भन्दा कम हो।

    तीन हप्ता अगाडि एक हजार ६०० को हाराहारीमा परीक्षण भइरहेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण दर पनि घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टअनुसार यहाँ परीक्षण २४ घण्टामा १ हजार ९ नमुना परीक्षण भएका छन्। यस साताको परीक्षण हेर्दा सबै भन्दा बढी असार १० गत एक हजार ४४८ नमुना परीक्षण भएको छ। आइतवारको परीक्षण साताकै सबैभन्दा कम हो।

    असार १५ पछि परीक्षण दर दैनिक १० हजार पुर्‍यउने मन्त्री ढकालले बताए पनि पछिल्लो साता यो परीक्षण दर घटेर औसतमा पाँच हजार ८०९ मा पुगेको छ। आइतवार परीक्षण ४ हजार ९६२ भयो जुन दुई दिन अगाडि साढे ६ हजार माथि थियो।

    सरकारले थप १० वटा अस्पतालहरूमा पिसिआर मेसिन जडान गर्ने जनाएपनि निजी प्रयोगशालाहरूलाई अहिलेसम्म परीचालन गर्न सकेको छैन। सरकारले निजी प्रयोगशालाहरूलाई एउटा नमूनाको परीक्षण गरेबापत ५ हजार ५ सय रुपैयाँ दिने भनेको छ।

    सुरूमा मापदण्ड जारी गर्दा पनि मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षणको अनुमति पाउन कम्तीमा तीन वटा पिसिआर मेसिन हुनुपर्ने भनेको थियो जबकी सरकारकै मातहतमा रहेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक कुनै पनि प्रयोगशालामा दुईटा पिसिआर मेसिन छैन।

    पछि विवादित भएपछि मन्त्रालयले एउटा पिसिआर मेसिन भएपनि परीक्षण गर्न पाउने भनेको छ। अहिलेसम्म एकैदिन सर्वाधिक ७ हजार जनाको परीक्षण भएको छ।

    मन्त्रालयले यहीँ संख्यालाई बढाएर दैनिक १० हजार पुर्याउने भनेको थियो। अहिले भने मन्त्रालयले दैनिक १० हजार जनाको परीक्षण गर्न आवश्यक नरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार