Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आइपुग्यो कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज खोप

    आइपुग्यो कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज खोप

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ  ।

    आइतबार बिहान  कोभ्याक्स सुविधाअन्तर्गत  ३ लाख ४८ हजार डोज कोरोना खोप टर्किस एयरलाइन्समार्फत्  नेपाल आइपुगेको हो ।



    शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका थिए ।



    अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।
    स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

    सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिँदै छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार