Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तमलोपा र जप्रपा नेपालबीच सहकार्यको सहमति

    तमलोपा र जप्रपा नेपालबीच सहकार्यको सहमति

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 414
    SHARES

    काठमाडौं । जनता प्रगतिशील पार्टी नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जप्रपा र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तमलोपाबीच बुधबार पाँच बुँदे सहमति भएको हो ।

    उनीहरुबीच भएको पाँच बुँदे सहमति सार्वजनिक भएको छ । बुधबार भएको सहमतिको पहिलो बुँदामा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न भनिएको छ।



    त्यसैगरी तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन दुवै पार्टी सहमत भएको उल्लेख छ।



    यी विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार