Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हृदयेश त्रिपाठीको टिप्पणी : नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश निवन्धात्मक

    हृदयेश त्रिपाठीको टिप्पणी : नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश निवन्धात्मक

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । सांसद हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सन्दर्भमा पुर्नविचारका लागि पठाएको सन्देशसहितको पत्रलाई निवन्धको संज्ञा दिएका छन् ।

    नागरिकता विधेयक २०७९ माथि छलफलमा भाग लिँदै संसदमा बोल्दै सांसद त्रिपाठीले राष्ट्रपतिले पठाएको सन्देशमा कुन विषय संविधान विपरीत छ भन्ने कुरा उल्लेख नै नभएको र उहाँको सन्देश निवन्धात्मक रहेको टिप्पणी गरेका हुन्।



    उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ।’



    एमालेतर्फ संकेत गर्दै उनले राष्ट्रिय सहमति गाजरको बाँसुरी मात्र भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार